कास्कीको खुइतेखोलामा पुलको शिलान्यास
पाेखरा | फागुन २७, २०८०
पोखरा: पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवसका अवसरमा खुइते खोला (घट्टे खोला) पुलको शिलान्यास गरिएको छ ।
पोखरा महानगरपालिका वडा नं. १९ को लामाचौर माछापुच्छ्रे सडक खण्डमा पर्ने खुइते खोला (घट्टे खोला) मोटरेवल पुलको नगर प्रमुख धनराज आचार्यले शिलान्यास गरेका हुन् ।
रु २ करोड ८२ लाख ९७ हजार १३१ को लागतमा निर्माण सम्पन्न हुने पुल ८ दशमलव ४ मिटर चौडा र १६ मिटर लम्बाइको हुनेछ । पुलको दुवै तर्फ १।२ मिटरको फुटट्रयाक पनि हुनेछ । सिङ्गल स्पानको डवल लेन पुल निर्माणको काम २०८१ को कात्तिक भित्र सम्पन्न हुनेछ । पुलको उचाइ जमिन बाट ११ मिटर अग्लो हुनेछ ।
खुइतेखोलामा निमार्ण हुने पुलले पोखरा महानगरपालिकाको माथिल्लो क्षेत्र र माछापुच्छ्रे गाउँपालिकालाई दिर्घकालिनमा रूपमा जोड्ने विश्वास गरिएको छ । त्यस क्षेत्रको कृषि उपजहरूको बजारीकरण र पर्यटन प्रवर्द्धनात्मक गतिविधिहरूमा यसको यसको योगदान उल्लेखनीय हुनेछ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

